नेप्से परिसूचकमा सामान्य गिरावट


काठमाडौं,  ५   साउन  :   नेप्से परिसूचकमा बिहीबार सामान्य अङ्कले गिरावट आएको छ।  नेप्से परिसूचक ५.८७ अङ्क घटेर २०४४.७२ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८६ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.५० अङ्कले गिरावट आएको छ।

कारोबार २२५ कम्पनीको ३९ लाख ८ हजार कित्ता शेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा कारोबार रकम पनि गिरावट आएको छ। बुधवार १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको थियो। बिहीबार नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक १.०९ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूहको ०.१७ प्रतिशत बढेको छ। यता, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी गिरावट आएको छ।

बिहीबार नेप्सेमा गिरावट आए पनि सेन्ट्रल फाइनान्सको शेयर मूल्य ३.१६ प्रतिशत बढेको छ। त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त, नेशनल माइक्रो फाइनान्स र गुराँस लघुवित्तको शेयर मूल्य २ प्रतिशतभन्दा बढी बढेको छ। यता किसान लघु वित्तको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। बिहीबार कारोबारमा आएको शिवम् सिमेन्ट्स कम्पनीको १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?