मौद्रिक नीति सार्वजनिक : राष्ट्र बैंकद्वारा कर्जा विस्तारमा कडा


काठमाडौं,  ६  साउन  :  नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा कडा गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस वर्ष निजी क्षेत्रमा १२.६० प्रतिशत मात्र कर्जा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिनुभएको छ।

 

गत वर्ष राष्ट्र बैंकले निजी क्षेत्रमा १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो। तरलता अभावका कारण लक्ष्यको करिब १२ प्रतिशत मात्र कर्जा विस्तार भएको थियो । यस्तै साना तथा मझौला उद्योगमा कर्जा प्रवाहलाई विस्तार गर्ने विषयलाई मौद्रिक नीतिमा समेटिएको छ। कोरोना महामारीको समयमा दिएको सुविधा कटौती गर्दै राष्ट्र बैंकले अतिआवश्यकलाई मात्र पुनःकर्जा दिने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

 

मौद्रिक नीतिमा साना, लघु क्षेत्रमा कर्जालाई केन्द्रित गरिएको छ ।  गर्भनर अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गरी ल्याइएको बताउनु भयो । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?