सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको आग्रह


काठमाडौं,  १० साउन  :  सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई मास्क प्रयोग गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको  मङ्गलबार  बसेको बैठकमा सभामुख सापकोटाले कोभिड–१९ सङ्क्रमण दर बढ्दै गएकाले अनिर्वाय मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको हो ।

सभामुख सापकोटाले भन्नुभयो, ‘‘कोभिड–१९ को सङ्क्रमणदर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ, संसदका बैठकहरुमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु ।’’

५ सय ६८ जनामा  सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय ३४ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?