राप्रपाको महँगीविरुद्ध थाल ठटाउँदै प्रदर्शन


काठमाडौँ,  ११ साउन  :  राष्ट्रिय प्रजातन्त्र पार्टीले महँगीविरुद्ध थाल ठटाउँदै प्रदर्शन गरेको छ । दोस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत राप्रपाले बुधबार काठमाडौँको भृकुटीमण्डपका साथै सबै जिल्लाका सदरमुकाममा महँगीविरुद्ध ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गरेको हो । काठमाडौँको भृकुटीमण्डपमा राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले प्रदर्शन गरेका थिए ।

 

दैनिक उपभोग्य बस्तु महँगो भएर जनजीवन नै प्रभावित भएको भन्दै जनतालाई ब्युँझाउन र शासकलाई गम्भीर बन्न आवाज सुनाउने गरी थाल ठटाउँदै प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।  यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?