फिलिपिन्समा ७.१ म्यानिट्यूडको भूकम्प, ४ जनाको मृत्यु


मनिला,  ११  साउन  :  फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा आज बिहान शक्तिशाली ७.१ म्यानिट्यूडको भूकम्प गएको छ । भूकम्पमा परेर ४ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस भएको थियो ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु फिलिपिनी शहर डोलोरेसभन्दा ११ किलोमिटर दक्षिणपूर्वतर्फ रहेको छ भने गहिराई १० किलोमिटर रहेको छ । भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार आएको छैन। भूकम्पका कारण सुनामी आउनसक्ने भन्दै सर्तक रहन भने आग्रह गरिएको छ । (ऐजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?