५ सय ७७ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको हो । यस्तै, ४ हजार २ सय ८२ जनामा गरिएको परीक्षणमा ५ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

२ सय ६९ जना निको हुँदा २८ हजार २ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर ४३ सय ५६ जना कोरोना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?