पेलोसीले रचिन् इतिहास, सुरक्षित अवतरण, चीन मात्र प्रतिक्रियामा सीमित !!!


काठमाडौं,  १७  साउन  (उज्ज्वल झा)  :  चीनको आक्रमण गर्ने लाखौं धम्कीलाई वेवास्ता गर्दै अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी अन्ततः सुरक्षित ताइवानको राजधानी ताइपेयी पुगेकी छन् । उनी नेपाली समयानुसार करिब ८ः२५ मा ताइपेयी सोंगशान विमानस्थलमा अवतरण गरेकी हुन् । उनी चढेको अमेरिकी वायुसेवाको विमानलाई अमेरिका र ताइवानको संयुक्त २२ वटा लडाकु विमानले आगवानी गरेको थियो । यो एउटा ऐतिहासिक क्षण हो, अन्तर्राष्ट्रिय राजनीतिमा । पेलोसी ताइपेयी विमानस्थल अवतरण गर्ना साथ लेबल टु को आपतकाल लागू गरिएको छ ।

पेलोसीलाई आज प्रदान गरिएको सुरक्षा प्रणाली अमेरिकाको राष्ट्रपतिलाई भन्दा उच्च दर्जाको थियो । चीनको आक्रमण गर्ने तमाम धम्कीको वावजुद पेलोसी इतिहास रच्दै ताइवान पुग्ने पहिलो अमेरिकी उच्चपदस्थ राजनीतिज्ञ भएकी छन् ।

आखिरमा चीनको त्यो तमाम धम्की, प्रतिक्रिया, आगोसँग न खेल, जे पनि हुन सक्छ भन्ने लगायतका भनाइ वा वक्तव्य मात्र बाँदरघुर्की साबित भएको अन्तर्राष्ट्रिय राजनीतिमा पेलोसीको ताइवान अवतरणको घटनाबाट । पेलोसीको यात्रा २५ वर्षपछिको उल्लेख्य घटना हो ।

पेलोसी ताइपेयी विमानस्थल उत्रिँदा गुलाफी रंगको सूट लगाएकी र उनलाई विमानस्थलमा पनि ह्युमन सिल्डले सुरक्षा प्रदान गरिएको थियो । उनको सुरक्षा खातिर विमानस्थलमा मधुरो बत्ती बालिएको थियो । पेलोसीले ताइवानमा मात्र २४ घन्टा बिताउने छन् ।

पेलोसीको यात्राका विषयमा चीनको विदेश मन्त्रालयको पहिलो प्रतिक्रिया छ, “पेलोसीको यात्रा विध्वंशक हुनेछ, यस घटनाको परिणाम दशकौंसम्म भोग्नेछ । यसको अन्त कहिल्यै हुनेछैन ।”

ताइवान पुग्ने बित्तिक्कै पेलोसीले एक वक्तव्य जारी गर्दै अमेरिकी जनता ताइवानका जनतासँग साथ रहेको र ताइवान अमेरिकाको साथी रहेको र अमेरिकाले लोकतन्त्रलाई समर्थन गर्ने बताएकी छन् ।


पेलोसीको आजको ताइवान यात्राले गर्दा विश्व राजनीतिमा फेरि एकपटक अमेरिका वल्र्ड सुपर पावर भएको पुनःप्रमाणित गरेको छ । (असनबजार पत्रिका)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?