साउने सोमबार विशेष :  “चन्द्रशेखर चन्द्रशेखर चन्द्रशेखर रक्ष माम्”


काठमाडौं,  २३  साउन  :  श्रवण नक्षत्र अर्थात् साउन महिनाको चौंथो सोमबार देवाधिदेव महादेवको प्रिय बार हो । महादेवलाई सोमबार किन प्रिय भयो भन्दा जस्ले आफ्नो शीषमा स्वयंले सोम अर्थात् चन्द्रमा धारण गरेको छ । जसको शीषको शोभा छ, जुन आकर्षणको विन्दु पनि भएको छ । महादेवको अनेकन् नाम मध्ये एक नाम हो चन्द्रशेखर । महादेवको चन्द्रशेखर रूप अत्यन्त चित्ताकर्षक, सम्मोहनयुक्त, जसको छविको क्षणभरको दर्शनले मात्र मन आल्हादित हुन्छ । जसरी पूर्णिमाको चन्द्रज्योति उज्ज्वल हुन्छ, त्योभन्दा बढी प्रज्वल, समुज्वल महादेवको रूप हो चन्द्रशेखर ।

भगवान् शिवजीले पार्वतीसँग विवाह रच्दा लिएको रूप हो चन्द्रशेखर । सधँै खरानी धसेर हिँड्ने शिवजीलाई वर भन्न नसुहाउने भएकाले जगत् पालक श्री हरि विष्णुले आफ्ना आराध्य महादेवलाई एक सुन्दर, सुशील र अद्वितीय रूप धारण आग्रह गर्दा महादेवले चन्द्रमा जस्तो शीतल, उज्यालो र शान्तप्रिय स्वरूपमा प्रवेश गरेका हुन् ।
शिवपुराणमा वर्णन गरेअनुसार, शिवजीको चन्द्रशेखर छवि देख्दा पर्वतराज हिमालयलगायत सम्पूर्ण पार्वत्यवासी मन्त्रमुग्ध भई परमानन्दको अनुभूति गरेका थिए ।

अष्ट चिरिञ्जीवी मध्ये एक ऋषि मार्कण्डेयले आफ्नो अल्पायुको अन्त्यका लागि रचना गरेको अष्टक अर्थात् भजनलाई संसारभर “चन्द्रशेखराष्टकम्” को नामले जानिन्छ । जुन त्रिलोकमा सुविख्यात छ ।
भजनको शाव्दिक रूप यसप्रकारको छ :–

 

चन्द्रशेखर चन्द्रशेखर चन्द्रशेखर पाहि माम् ।
चन्द्रशेखर चन्द्रशेखर चन्द्रशेखर रक्ष माम् ।।१।।
भावार्थ ः हे चन्द्रशेखर भगवान् मेरो रक्षा गर्नुहोस् ।

 

रत्नसानुशरासनं रजताद्रिश्रृङनिकेतनं शिञ्जिनीकृतपन्नगेस्वरमच्युताननसायकम् क्षिद्रदग्ध पुरत्रयं त्रिदिवालयैरभिवन्दितं चन्द्रशेखरमाश्रेय मम किं करिष्यति वै यमः ।।२।।

भावार्थ : कैलाशका शिखरमा जसको निवासस्थान छ, जसले मेरुगिरिको घनुष, नागराजको प्रत्यंचा चढाएर भगवान् विष्णुको अग्निमय वाणले तत्काल नै दैत्यहरूको तीनै पूरलाई दग्ध (भष्म) ग¥यो, जसलाई समस्त् देवताले वन्दना गर्दछ । त्यस्ता चन्द्रशेखर भगवान्को शरणमा जान्छु, यमराजले मलाई के गर्न सक्छ ?

 

पञ्चपादपपुष्पगन्धपदाम्बुद्वयशोभितं भाललोचन जातपावक दग्धमन्मथविग्रहम् ।
भष्मदिग्धकलेबरं भवनाशनं भवमव्ययं चन्द्रशेखरमाश्रये मम किं करिष्यति वै यमः ।।३।।

 

भावार्थ : जसको ललाटवर्ती (निधार) नेत्रबाट प्रकट भएको आगोको ज्वालाले कामदेवको शरीर भष्म ग¥यो । जसको श्री विग्रह सदैव भष्मबाट विभिूषित छ । सबैको भव (संसार) उत्पतिको कारण भएर पनि नाशक हो, जसको कहिले पनि विनाश हुँदैन, उनै चन्द्रशेखर भगवान्को शरणमा जान्छु, यमराजले के गर्न सक्छ ?

 

मत्तवारणमुख्यचर्मकृतोत्तरीय मनोहरं पङ्कजासन पद्मलोचन पूजिताङ्घ्रि सरोरुहम् ।
देवसिन्धुतरङ्गशीकर–सिक्तशुभ्रजटाधरं चन्द्रशेखरमाश्रये मम किं करिष्यति वै यमः ।।४।।

भावार्थ : जो मतवाला गजराजको चर्म ओढ्नुहुन्छ, जो मनोहर छविका हुनुहुन्छ । ब्रह्मा, विष्णुले जसको चरणकमलमा पूजा गर्छन्, जो देवता र सिद्धहरूको नदी गंगाको तरङ्गले भिजेको शीतल जटा धारण गर्नुहुन्छ, म उनै चन्द्रशेखर भगवान्को शरणमा जान्छु, यमराजले के गर्न सक्छ ?

 

यक्षराजसखं भगाक्षहरं भुजङ्गविभूषणं
शैदराजसुतापरिष्कृत–चारुवामकलेबरम् ।
क्ष्वेडनलिगलं परश्र्वथधारिणं मृगधारिणं
चन्द्रशेखरमाश्रये मम किं करिष्यति वै यमः ।।५।।

भावार्थ  :  जो यक्षराज कुबेरको मित्र र इन्द्रको भगाक्षरूप (योनीरूप) दोष हरण गर्ने र सर्पको गहना लगाउने, जसको श्री विग्रह वाम (देब्र) भागमा गिरिराजकिशोरी उमा सुशोभित छ, जो कालकूट विष धारण गरेर नीलकण्ठ कहलिएको छ, जसको हातमा फरसा, मृगलाछनचन्द्रा छ, म उनै चन्द्रशेखर भगवान्को शरणमा जान्छु, यमराजले के गर्न सक्छ ?

 

कुण्डलीकृतकुण्डलेश्र्वरकुण्डलं वृषवाहणं
नारदामुनीश्र्वस्तुतैवभवं भुवनेश्र्वरम् ।
अन्धकान्तकमाश्रितामरपादपं शमनान्तकं
चन्द्रशेखरमाश्रये मम किं करिष्यति वै यमः ।।६।।

भावार्थ :  जसले वासुकि नागलाई कर्णाभरण बनाई बुढा वयल चढ्ने गर्दछ । जसको वैभवलाई नारदमुनीहरूले सुस्ती गर्छ, जो सम्पूर्ण भुवनका ईश्वर हुन्, जो उडिसास्थित भुवनेश्वर नामबाट विख्यात छ, जो अन्धकासुर, वृष्णिवंशले अमरपादपरूपमा आश्रय लिएर जो शमन–यमराजको पनि अन्त्यक हुनुहुन्छ । म उनै चन्द्रशेखर भगवान्को शरणमा जान्छु, यमराजले के गर्न सक्छ ?

 

भेषजं भवरोगिणामंखिलापदामपहारिणं दक्षयज्ञविनाशनं त्रिगुणात्मकं त्रिविलाचनं ।
भुक्तिमुक्तिफलप्रदं सकलाघसङ्घनिबर्हणं
चन्द्रशेखरमाश्रये मम किं करिष्यति वै यमः ।।७।।

भावार्थ :  जो जन्म मरणरूपी रोगको औषध हो । जसले आपत्तिको विनाश गरी दक्ष यज्ञको नाश ग¥यो, सत्व, रज र तम तीन गुणको स्वरूप हुनुहुन्छ, जसको तीन नेत्र छ, भोग र मोक्षरूपी फल दिनुहुन्छ तथा सम्पूर्ण पापको संहार गर्नुहुन्छ, म उनै चन्द्रशेखर भगवान्को शरणमा जान्छु, मलाई यमराजले के गर्न सक्छ ?

 

भक्तवत्सलमचर्चितं निधिमक्षयं हरिदम्बरं सर्वभूतपतिं परात्परमप्रमेयमनुत्तमम् ।
सोमवारुण भूहुतासन सोमपानिखिलाकृतिं
चन्द्रशेखरमाश्रये मम किं करिष्यति वै यमः ।।८।।

भावार्थ : जो भक्तहरूमाथि दया गर्नुहुन्छ, आफ्नो पूजा गर्ने मनुष्यको अक्षय निधि भएर पनि दिगम्बर बस्नुहुन्छ, सबै भूतको स्वामी, परात्पर, अप्रेमय र उपमारहित, पृथ्वी, जल, आकाश, अग्नि र चन्द्रमाद्वारा जसको श्री विग्रह (शरीर) सुरक्षित छ, म उनै चन्द्रशेखर भगवान्को शरणमा जान्छु, मलाई यमराजले के गर्न सक्छ ?

 

विश्वसृष्टिविधायिनं पुनरेव पालनतत्परं संहरन्तमप्रिपञ्चमशेषलोकनिवासिनम् ।
क्रीडयन्तमहर्निशं गणनाथयूथ समन्वितं
चन्द्रशेखरमाश्रये मम किं करिष्यति वै यमः ।।९।।

भावार्थ :  जसले ब्रह्मरूप लिएर सम्पूर्ण विश्वको सृष्टि गर्नुहुन्छ, फेरि विष्णु रूपमा सबैको पालन गर्नुहुन्छ र अन्तमा सबै प्रपञ्चको पनि संहार गर्नुहुन्छ, जो गणेशजीको पार्षद्समक्ष दिनरात घेरेर भाँति भाँति प्रकारको खेल खेल्नुहुन्छ, म उनै चन्द्रशेखर भगवान्को शरणमा जान्छु, मलाई यमराजले के गर्न सक्छ ?

मृत्युभीत मृकण्डुसूनुकृतस्तवं शिवसन्निधौ यत्र कुत्र च यः पठेन्न हि तस्य मृत्युभयं भवेत्
पूर्णमायुररोगतामखिलार्थसम्पदमादरं चन्द्रशेखर एव तस्य ददाति मुक्तिमयन्ततः ।।१०।।

भावार्थ  : जो मनुष्य मृत्युको भयबाट पीडित भएर मार्कण्डेय ऋषिको यो स्तोत्रको शिवजीको समीप अथवा जहाँ, कहीँ पनि पाठ गर्छ, भगवान् चन्द्रशेखर सो मनुष्यको पूर्णायु, आरोग्य, प्रचूर धन तथा अन्त्यमा सद्गति प्राप्त गर्दछ ।

(प्रस्तुती : उज्ज्वल झा, असनबजार पत्रिका)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?