तीनजना सङ्क्रमितको मृत्यु, थप ८ सय ६८ जनामा कोरोना


काठमाडौं,  २५ साउन  :  पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीनजना सङ्क्रमितको मृत्यु भएको छ ।

असार अन्तिम सातादेखि कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै गएको छ । साउन १ गते चार प्रतिशतको हारहारीमा भएको सङ्क्रमणदर बढेर झण्डै १३ प्रतिशतमा पुगेको छ । स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारले कुल छ हजार ७०५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८ सय ६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

डा.अधिकारीका अनुसार तीन हजार ६ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७२ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं उपत्यमामा मात्रै तीन सय जनामा कोरोना पुष्टि भएको डा.अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ सय १४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा एक लाख ३८ हजार ८ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८ सय ८५ पुगेको छ । सङ्क्रमितमध्ये करिब ५० प्रतिशतमा कुनै लक्षण नदेखिने हुँदा आफू र आफ्ना आफन्तलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर सुरक्षित राख्न डा. अधिकारीको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?