फिनल्याण्ड र स्वीडेनलाई नाटोमा सहभागी गराउन बाइडेनको अनुमति


काठमाडौं,  २५  साउन  :  अमेरिकाका राष्ट्रपति जो बाइडेनले फिनल्याण्ड र स्वीडेनलाई नाटो सैन्य गठबन्धनमा सहभागी गराउने आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

फिनल्याण्ड र स्वीडेनलाई नाटोमा सहभागी गराउन अनुमति दिने अमेरिका गठबन्धनको २३औं देश हो । राष्ट्रपति बाइडेनले गठबन्धनका अन्य देशहरुलाई पनि यथाशक्य छिटो यो प्रक्रिया टुंग्याउन आग्रह गर्नुभएको छ । कुनै समय असंलग्न रहेका स्वीडेन र फिनल्याण्डलाई नाटोमा ल्याउन गत साता अमेरिकी सिनेटले अनुमति दिएको थियो ।

गठबन्धनका ३० देश मध्ये अब ७ वटा देशले निर्णय गर्न बाँकी रहेकाे छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि तर्सिएका रुसका छिमेकी स्वीडेन र फिनल्याण्डले नाटोमा सामेल हुने निर्णय गरेका थिए । रुसले भने उनीहरु नाटोमा सामेल भए बाल्टिक क्षेत्रमा आणविक हतियार तैनाथ गर्ने धम्की दिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?