पाकिस्तानी जनतामाथि ऋणको डण्डा बर्षाउदै ग्वादर बन्दरगाहमा चीनका झण्डा


इस्लामाबाद (  एजेन्सीहरु ) चीनले पाकिस्तानसँगको आफ्नो आर्थिक साझेदारीको बारेमा घमण्ड गरिरहँदा विशेष गरी बन्दरगाह सहर ग्वादरमा चीन(पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) परियोजनाहरूले कुनै राम्रो संकेत पाकिस्तानलाई दिएको छैन । ि रिपोर्ट अनुसार परियोजनाहरू अधूरा छन् र शहर आर्थिक गतिविधिबाट नजिक देखिएको छैन ।शहरहरु लगभग सुनसान देखिन्छ जुन आर्थिका रुपमा डरलाग्दो कुरा हो ।मकरान तटीय राजमार्ग हुँदै कराचीबाट साढे सात घण्टाको दूरीमा पाकिस्तानको ग्वादर बन्दरगाहसम्मको ड्राइभमा जमिनको अवस्थाबारे जानकारी लिने एउटा मिडिया आउटलेट निक्की एशियाको रिपोर्टपछि यो कुरा बाहिर आएको छ । मिडिया पोर्टलको कभरेजले के आँखा खोल्ने थियो भने सडकमा धेरै किलोमिटरको धेरैजसो बाटो सुनसान छ, रेस्टुरेन्ट, शौचालय वा इन्धन स्टेशनहरू पनि छैनन्। सम्पूर्ण ड्राइभको समयमा कुल सवारी साधनहरू गणना गर्न सकिने मात्रामा देखिएका थिए ।पाकिस्तानको हिन्द महासागरको तटमा रहेको ग्वादर बन्दरगाह सहरमा जताततै चिनियाँ र पाकिस्तानी झण्डाहरू थिए । यद्यपि, यो पाकिस्तान र चीनबीचको सम्बन्धको ूमहानताू प्रदर्शनमा राखिएको थियो र यसलेचीनले निर्माण गरेका परियोजनाहरूले आर्थिक गतिविधिलाई कसरी धराशायी बनाउछ भन्ने कुरा त्यहा पनि देखिएको थियो ।।
ूसमुद्रको छेउमा, फराकिलो बाटोहरू आश्चर्यजनक रुपमा सवारी साधनहरूले भरिएका छैनन सहरको केन्द्र भित्र, सडकहरू साँघुरो, भीडभाड र दुर्गन्धित नालीको पानीले ढाकिएको छ, चिनियाँ निर्मित बन्दरगाह परिसरबाहेक केही ठूला भवनहरू छन्,ू ।
ग्वादरलाई नयाँ विश्वव्यापी ो प्रक्षेपण प्याडको रूपमा कल्पना गर्न गाह्रो छ,बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन तिब्र गतिमा नजिकिँदै गर्दा, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) जस्तै संकटको अबस्थामा छन धेरै हेडलाइन परियोजनाहरू । ती परियोजनाहरु या त जमीनबाट बाहिर आउन असफल भएका छन् वा खराब परिणामहरूमा मिश्रित उत्पादन गरेका छन्। ।

परियोजनाको प्रारम्भिक कुप्रबन्धन, ऋण संकट र भ्रष्टाचारले गर्दा धेरै परियोजनाहरू अधूरो वा उनीहरूको प्रतिज्ञा गरिएको क्षमता पूरा गर्न असक्षम भएका कारण निराशानै हात लागेको छ ।निक्की एशियाका पत्रकारहरूले पछिल्लो दशकमा बीआरआई लगानीको केन्द्र बिन्दुहरूमा यात्रा गरेका छन् उनीहरुले ग्वादरदेखि सिहानोकभिल र कोलम्बोदेखि क्वालालम्पुरसम्म चीनले आफ्नो विश्वव्यापी प्रभाव बढाउन यो े दूरगामी परियोजनाहरुको साहारा लिएपनि यसले बिआरआईमा सामेल देशले भयानक आर्थिक क्षति भोगेका छन श्रीलंका पछि पाकिस्तान चीनको महगो ब्याजको मारमा परेर आर्थिका रुपमा कंगाल हुने अबस्था आएको मिडियाहरुले उल्लेख गरिरहेका छन । त्यसो त पाकिस्तानी जनतामाथि ऋणको डण्डा बर्षाउदै ग्वादर बन्दरगाहमा चीनका झण्डा फहराएको देखेका एक पाकिस्तानी नागरिकले पश्चिमी पत्रकारलाई भने यो कहिलेसम्म फहराइने हो त्यो त हामीलाई थाहा छैन तर पाकिस्तानले लिएको महगो ऋणले एक दिन पाकिस्तानी युवाले रगत छादने अबस्था आउन सक्छ यो अनुमान मैले गरेको छु सरकारले किन यो निर्णय गरेको हो भलाई थाहा छैन ( एएनआईको सहयोगमा असन बजार पत्रिका )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?