तस्बिरमा भक्तपुरको गाईजात्राका केही झलक


भक्तपुर,  २७  साउन :  (असनबजार पत्रिका) आज काठमाडौं उपत्यकामा गाईजात्रा पर्व । यस उपलक्ष्यमा वर्षभरी दिवंगत भएका मृतकहरूको सम्झनामा झाँकीहरू निकाल्ने परम्परा रहेको छ । यसै अवसरमा काठमाडौं उपत्यकामा गाईजात्रा पर्वमा झाँकी, ख्याली, देवीनाच, स–साना नानीबाबुहरूलाई शृंगारपटार गरी विभिन्न देवदेवीको भेषभूषामा देश घुमाउने गरिन्छ ।

 

आफ्ना परिवारजनको सदस्यको मृत्यु वियोगका कारण शोकमा डुबेर बसिराख्न नपरोस् भन्ने उद्देश्यले एक दिन भएपनि शोकबाट मुक्त हुन प्रहसन, चुटकिला र जात्रा निकाल्ने परम्परा मल्लकालीन समयदेखि चलिआएको छ । गरुढ पुराणमा उल्लेख भएअनुसार हिन्दु धार्मिक विश्वासमा गाईजात्राका दिन मृतकहरूको सम्झनामा आफन्तजनहरूले गाईको प्रतीक बनाएर विभिन्न आकृति प्रदर्शन गर्नाले दिवंगत आत्मालाई वैतरणी नदी पार गर्न कुनै रोकतोक नहुने र उक्त दिन यमराजको दरबारको चारै द्वार एक दिनका लागि खुल्ला रहने हुनाले थप यातना भोग्न नपर्ने र सीधैं स्वर्गको यात्रा हुने दृढ विश्वास रहिआएको छ ।  (तस्बिर : उज्ज्वल झा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?