२४ घण्टामा ८ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौं, १  भदौ  :  पछिल्लो २४ घण्टामा ८ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ६  हजार ३ सय ८३ जनाको कोरोना परीक्षण गर्दा ८ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

तीन हजार ८ सय ७६ पीसीआर परीक्षण गर्दा ५ सय ३१ र दुई हजार ५ सय ७ जनाको  एन्टिजेन परीक्षण गर्दा ३ सय २१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२८ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४ सय ६२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ८९ हजार ७ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?