अमेरिकाको कृषि व्यवसायमा चिनियाँ लगानीमाथि प्रतिबन्ध


्र वाशिंगटन ृअमेरिको, (एएनआई) चिनियाँ कम्पनीले उत्तरी डकोटाको वायुसेना आधार नजिकैको खेत जग्गा खरिद गरेपछि, अमेरिकी सिनेटरले बुधबार सिनेटमा चीनलाई लगानी, खरिद वा अन्यथा जग्गा अधिग्रहण गर्नबाट ूकालो सूचीमाू राख्ने कानून पेश गरेका छन । यो कदमले चिनिया कृषिमा संलग्न व्यवसायहरू प्रभाबित हुने मिडिया रिपोर्टमा बताइएको छ ।

सिनेटलाई सम्बोधन गर्ने क्रममा, दक्षिण डकोटाका रिपब्लिकन सेनेटर माइक राउन्ड्सले भने, ूअमेरिकी खेतीयोग्य जमिनको सुरक्षाको काुरा मात्रै होइन हाम्रो राष्ट्रिय सुरक्षा कायम राख्न महत्त्वपूर्ण छ ।।। सिनेट सशस्त्र सेवा समितिको सदस्यको रूपमा, एक चिनियाँ कम्पनीले भर्खरै खरिद गर्दा म चिन्तित थिएँ। नर्थ डकोटामा एयर फोर्स बेस नजिकैको खेतबारीको बिषयमा उनले चिन्ता जाहेर गरेका थिए ।ू विशेष गरी, यो नयाँ कानूनले रसिया, इरान र उत्तर कोरियालाई पनि अमेरिकी कृषि व्यवसायमा लगानीबाट कालोसूचीमा राख्ने बताइएको छ , सिनेटर राउन्ड्सले आफ्नो साइटमा लेखेका छन ।
फुफेङ समूह,भन्ने चीनमा आधारित कम्पनीले ग्रान्ड फोर्क्स, नर्थ डकोटा नजिकै तीस एकड खेत जग्गा खरिद गरेको थियो , जुन ग्रामीण क्षेत्र क्यानाडाको सीमाबाट नब्बे मिनेटको दूरीमा अवस्थित छ, न्यूयोर्क पोस्टले एक रिपोर्टलाई उद्धृत गर्दै जनाएको छ।
राउन्ड्सले एक चिनियाँ कम्पनीको यो अधिग्रहणले चीनलाई अत्यन्तै महत्त्वपूर्ण सैन्य सुविधामा सञ्चालन र सञ्चारको नजिकबाट निगरानी गर्न अनुमति दिएर राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने तर्क गरेका छन ।
सिनेटर राउन्ड्सले अगाडि भने, ूसाउथ डकोटा वरपरको मेरो यात्रामा, मैले धेरै किसानहरू र पशुपालकहरूबाट सुनेको छु जो अमेरिका विरोधीहरू छन उनीहरुले अमेरिकी खेतबारीको स्वामित्वमा लिइरहेका छन् भनेर चिन्तित छन्। यसलाई रोक्न र कारबाही गर्ने समय हो। यो कानूनले निश्चित अमेरिकी हितहरू को रक्षा गर्छ । विदेशी प्रतिद्वन्द्वीहरूलाई भूमि वा कृषिमा संलग्न व्यवसायहरू खरिद गर्नबाट कालोसूचीमा राखेर सुरक्षित गरिएको छ।ू
जुलाई १ मा, प्रतिनिधि एलिस स्टेफानिकले प्रमोटिङ एग्रीकल्चर सेफगार्ड्स एन्ड सेक्युरिटी ऐनको हाउस संस्करण प्रस्तुत गरेका थिए । राउन्डको विधानले हाउस संस्करणको मुख्य प्रावधानहरू राख्छ र विदेशी लगानी, कृषि भूमि अधिग्रहण र कृषि सचिवद्वारा रिपोर्टिङसँग सम्बन्धित थप कुरा पनि थपिएको जनाइएका छ ।
यसैबीच, ग्रान्ड फोर्क्स नजिकैको खेत जग्गा खरिद गर्ने चिनियाँ कम्पनी पनि ग्राफ्टन, नर्थ डकोटाबाट ४० माईल टाढा छ, जहाँ अरबपति परोपकारी बिल गेट्सद्वारा नियन्त्रण गरिएको सीमित दायित्वको कम्पनीले भर्खरै हजारौं एकड आलु खेती जग्गाको लागि १३ मिलियन तिरेको छ। न्यूयोर्क पोस्टका अनुसार स्थानीयहरू बीच यो बिषयले हलचल पैदा गरेको छ ।
फुफेङ समूहले उक्त जग्गा प्रयोग गरी ७० करोड अमेरिकी डलरको मकै मिलिङ प्लान्ट निर्माण गर्ने योजना बनाएको छ जसले कम्तीमा २०० रोजगारीका साथै रसद, ट्रकिङ र अन्य सेवाका लागि अवशिष्ट अवसरहरू सिर्जना गर्नेछ।
यद्यपि, अमेरिकी वरिष्ठ वायुसेना अधिकारीहरूले अप्रिलमा एउटा ज्ञापनपत्र पठाएका थिए जसमा जनसंख्या भएको सहर ग्रान्ड फोर्क्समा फुफेङ समूहको उपस्थिति राष्ट्रिय सुरक्षाको लगि खतरा हो भनेर उनले चेतावनी समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?