२४ घन्टामा ५ सय ४२ जनामा कोरोना सङ्क्रमण


काठमाडौं,  २  भदौ  (अबप)  :  गएको २४ घन्टामा ५ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा ५ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

दुई हजार ८२ पीसीआर परीक्षण गर्दा २ सय २४ र दुई हजार ८ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय १८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ सय २१ जना सङ्क्रमणमुक्त भएका छन् भने कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । त्यस्तै, पछिल्लो २४ घन्टामा ९७ हजार ६ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २ सय ६५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?