कांग्रेसका नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टी


काठमाडौं,  ५  भदौ  (असनबजार पत्रिका) : नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टी गरिएको छ। उनको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले शोक धून सलामी अर्पण गरेको थियो।

 

स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका राजनीतिक दलका नेता एवं कार्यकर्ताहरूको आर्यघाटमा बाक्लो उपस्थिति थियो ।

नेता गिरीको पार्थिव शरीरमा उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए । गिरीको शनिबार राति क्यान्सर रोगका कारण ७५ वर्षको उमेरमा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?