बेनी–जोमसोम सडक अवरुद्ध


काठमाडौं,  ६  भदौ  (अबप)  :  पहिरो खसेका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न स्थानमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको उक्त सडकको म्याग्दी खण्डको गुइठे, जलथले, तितर, दाना र रुप्से क्षेत्रमा यातायात सेवा बन्द भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

 

सडक विभाग र ठेकेदार कम्पनीबाट सडक खोल्ने प्रयास भइरहेको छ । दाना र आसपासका क्षेत्रमा शनिबार र आइतबार अत्यधिक वर्षा भएका कारण पहिरो गएको जनाइएको छ । (तस्बिरः प्रतीकात्मक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?