कर्मचारी समायोजन अन्यायपूर्ण भएको सर्वोच्चको ठहर


काठमाडौं,  ७  भदौ  (अबप)  :   सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा फैसला सुनाएको छ । समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाउँदै सर्वोच्चको संवैधानिक इजलासले १३ वटा रिटमा परमादेश जारी गरेको छ ।

 

कर्मचारी समायोजनसम्बन्धी कूल ९८ मुद्दा रहेकोमा १३ वटामा परमादेश जारी गर्दै संवैधानिक इजलासले अन्यको रिट खारेज गरेको हो । निवेदन खारेज भएका मुद्दाका निवेदक कर्मचारी अहिले बहाल भएकै स्थानमा काम गर्नुपर्नेछ । त्यस्तै, रिट जारी भएका मुद्दाका निवेदक कर्मचारीको समायोजन बदर हुने छ । अब सरकारले सर्वोच्च अदालतको आदेशअनुसार उनीहरुको व्यवस्थापन गर्नु पर्नेछ ।

 

सरकारले निजामती सेवामा रहेका कर्मचारीलाई स्थानीय र प्रदेश सभामा समायोजन गरेको थियो । यस क्रममा कनिष्ठ कर्मचारीलाई स्थानीय र प्रदेश तहमा पठाएको थियो । आफूहरुलाई अन्यायपूर्ण तरिकाले समायोजन गरिएको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्चको यो फैसलासँगै अब लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?