प्रचण्ड र नेपालबीच एउटै चुनाव घोषणापत्र जारी गर्ने सहमति


काठमाडौं,  ७  भदौ  (असनबजार पत्रिका)  :  वामपंथी नेता प्रचण्ड, माधवकुमार नेपालको पार्टीबीच आउने चुनावमा एउटै घोषणापत्र लिएर जनतामा जाने भनी सहमति भएको छ।

 

ललितपुर हात्तिवनमा सोमबार भएको प्रचण्ड–नेपाल भेटघाटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एउटै घोषणापत्रमा निर्वाचनमा सहभागी हुने सहमति गरेको र दुवै नेताले चिह्न भने आ-आफ्नै लिएर निर्वाचन लड्ने समझदारी बनेको बताए । केही समयअघि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले साझा घोषणापत्र र माओवादीकै चिह्न लिएर निर्वाचनमा सहभागी हुने माओवादीसँग सहमति गरेको थियो ।

हात्तिवन बैठकमा गौतम नेकपा ब्युँताउने वा समाजवादी केन्द्र बनाउनेमा विषयमा सहमत भएको र भट्टराईको हकमा केही सर्त उनले राखेको विषयमा छलफल भएको छ । एकीकृत समाजवादीको हालै सम्पन्न सचिवालय बैठकले माओवादी केन्द्रसँग पार्टी एकताबारे निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?