एमसिसी र नागरिकता विधेयकप्रतिको आक्रोश विप्लवको बन्द, शैक्षिक संस्था बन्दबाट प्रभावित


काठमाडौं,  ७  भदौ  (असनबजार पत्रिका)  :  नेकपा (नेत्रविक्रम चन्द, विप्लव) को नेतृत्वले मंगलबार आह्वान गरेको बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली आशिंक प्रभावित भएको छ ।

 

राजधानीबाट लामो दूरीका बाहिर जाने सवारीसाधन मंगलबार बिहान ज्यादै न्यून मात्रामा गएका छन् भने राजधानीमा कमै मात्रामा गाडीहरू चलेका छन् । बन्द छ भन्ने कतिपयलाई थाहै नभएपनि राजधानीभित्रका बजार निर्वाध खुलेको र केही यातायात चलेको भए पनि अधिकांश शैक्षिक संस्था बन्द रहेका छन् ।

 

काठमाडौं उपत्यका बाहिरका शहरहरुमा बन्दको आशिंक यातायात पनि कम मात्रामा चलेको प्रहरीले जनाएको छ । यस्तै, कैलालीमा बन्दकर्ताले दुई ठाउँमा विष्फोटक पदार्थ राखेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलको सडकखण्ड र हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

 

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको कैलाली प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली गईरहेको छ । एमसीसी सम्झौता खारेज, नागरिकता विधेयक फिर्तालगायतका माग राखेर विप्लव समूहले मंगलबार नेपाल बन्द आह्वान गरेको हो । (फाइल तस्बिरः अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?