जवाफका लागि चोलेन्द्रशम्शेर १५ गते संसदमा जाने


काठमाडौं,  ८  भदौ  (असनबजार पत्रिका)  :   महाभियोगको सास्ती भोगिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि भदौ १५ गते समितिमा बोलाउने निर्णय गरेको छ ।

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले समितिको बुधवार बसेको बैठकले जबरालाई १५ गते बिहान ११ बजे बोलाउने निर्णय गरेको बताए । बैठकले भदौ २० गतेभित्र छानबिन सक्ने गरी कार्यतालिका बनाएको बताइएको छ ।

 

भदौ ९ देखि १२ गतेसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ । गत फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले जबराविरुद्ध २१ बुँदे आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?