एमालेको तर्फबाट ओली भावी प्रधानमन्त्रीको उम्मेदवार


काठमाडौं,  १२  भदौ  (अबप) :  नेकपा एमालेले आफ्नो दलको तर्फबाट प्रधानमन्त्रीका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कमिटीको शनिबार राजधानीमा सम्पन्न बैठकले बहुमत ल्याएर भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीलाई अघि सार्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य हिक्मत कार्कीले बताए ।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको र सो निर्णय सर्वसम्मत रुपमा पारित भएको कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?