चिकित्साकर्मीलाई दैनिक ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने राष्ट्रिय समावेशी आयोगको निर्देशन


काठमाडौं,  १२  भदौ  (अबप)  :  राष्ट्रिय समावेशी आयोगले स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन निर्देशन दिएको छ ।
स्वास्थ्यकर्मी भन्नाले चिकित्सक, नर्स र पारामेडिकललाई दैनिक ८ घन्टा र सातामा ४८ घन्टाभन्दा बढी समय काममा नलगाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई आयोगलाई पत्राचार गरेको हो।

स्वास्थ्यकर्मीहरुको कार्य समय श्रम ऐन, २०७४ ले तोकेकोभन्दा धेरै भएको भन्दै आयोगले गत भदौ ५ गते स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको थियो। आयोगले स्वास्थ्यकर्मीसँग गरेको अन्तक्रिया र अध्ययनबाट स्वास्थ्यकर्मीलाई अस्पतालहरुले निरन्तर २४ घन्टादेखि ३६ घन्न्टासम्म काममा लगाउने गरेको पाइएकाले
आयोगको भदौ २ मा बसेको बैठकले प्रतिदिन ८ घन्टा र सातामा ४८ घण्टाभन्दा बढी कार्य नगराउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
सोही निर्णयलाई कार्यन्वयन गराउन ५ भदौंमा आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो। आयोगले श्रम ऐनअनुसार हप्तामा ४८ घण्टाभन्दा बढी काममा नलगाउन, प्रतिदिन ४ घण्टाभन्दा बढी र हप्तामा २४ घण्टाभन्दा बढी काममा नलगाउन र अतिरिक्त समयमा काममा लगाइएको अतिरिक्त भुक्तानी दिने व्यवस्था मिलाएर सघन अनुगमन गर्नसमेत निर्देशन दिएको छ।

ुकुनै पनि स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीलाई श्रम ऐन, २०७४ को दफा २८ बमोजिम प्रतिदिन ८ घन्टा र सातामा ४८ घन्टाभन्दा बढी काममा नलगाउने, उक्त ऐनको दफा ३० बमोजिम प्रतिदिन ४ घन्टा तथा सातामा २४ घन्टाभन्दा बढी अतिरिक्त समय काममा लगाउन नपाइने र सो ऐनको दफा ३१ बमोजिम अतिरिक्त समय काममा लगाइएकोमा तोकिएबमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने साथै लगातार दैनिक रुपमा १२ घन्टाभन्दा बढी काममा नलगाउने व्यवस्था तुरुन्त मिलाइ त्यस्तो कार्यको सघन अनुगमनसमेत गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने आयोगले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?