थप २०२ जनामा कोरोना संक्रमण, एकको मृत्‍यु


काठमाडौं, १२  भदौ  (अबप)  :  पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा एक जनाको मृत्‍यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ पुगेको छ। पछिल्लो २४ घण्टामा ४६२ जना संक्रमणमुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?