निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र बयानका लागि समितिमा


काठमाडौँ,  १५  भदाै  :  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुग्नुभएको छ । उहाँसँग समितिले बयान लिन सुरु गरेको छ ।

उक्त समितिको यही भदौ ८ गतेको बैठकले उहाँलाई जवाफका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार राणा आज समितिमा आउनुभएको हो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियो ।

संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो ।

उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई उहाँमाथि लागेको आरोपबारे प्रश्न सोध्नेछ ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?