प्रदीप गिरीको वहुआयामिक व्यक्तित्वको विहंगम विश्लेषण सहित श्रद्धान्जली


काठमाण्डौ । ( असन बजार पत्रिका ) आजको दिनका नेपाली समकालीन राजनीतिका चर्चित व्यक्तित्व प्रदीप गिरिको देहाबसान भएको आज १२ औं तिथिका अवसरमा राजधानीमा श्रद्धान्जली सभाको आयोजना गरियो । आज गिरीको वहुआयामिक व्यक्तित्वको विहंगम विश्लेषण सहित नागरिक समाज समेत बुद्धिजीबीहरुले श्रद्धान्जली दिएका छन ।

नेपाल मानव अधिकार संगठनद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख दमननाथ ढुंगानाले स्व गिरिलाई सबै खाले वन्धनबाट उन्मूक्त व्यक्तिको संज्ञा दिंदै उहां एक परिपूर्ण स्वतंत्रताका सच्चा साधक भएको भन्ने धारणा राखेका छन ।
संगठनका अध्यक्ष महामुनीश्वर आचार्यद्वारा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्तव्य दिने प्राय सबै सहभागीहरुले स्व।गिरिको विलक्ष्ण प्रतिभा , सिद्धांत निष्ठता र सरल जीवन शैैलीको मुक्त कंठले प्रशंसा गर्दै यस्तो सबैले


नेपाली भूमिमा यस्तो अद्भूत मानिसको जन्म विरलै हुंने विचार पनि राखेका थिए । उक्त श्रद्धान्जली सभामा मन्तव्य दिने संपूर्ण मानव अधिकार आन्दोलन तथा नागरिक समाजका अगुवा एवं युवा राजनैतिक नेताहरूले समेत मुलुकमा विद्यमान आजको दिशाहिन राजनैतिक परिदृश्यमा मुलुकले स्व। गिरि जस्तो एक निर्भीक तथा ईमानदार पथ प्रदर्शक गुमाएकोमा ठूलो क्षति देशले भोग्नु पर्ने र उहांको अभाव निरन्तर खटकिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?