गठबन्धन धरापमा पर्दै, कांग्रेस सय सिट नछाड्ने पक्षमा


काठमाडौं,  भदौ  १५  (असनबजार पत्रिका)  :  नेपाली कांग्रेसले आफ्नो पूर्ववर्ती १०० सिटको अडान नछोड्ने निष्कर्ष निकालेको छ । सिट बाँडफाँट सत्ता गठबन्धन दलबीच बैठकमा कांग्रेसले उक्त अडान राख्दै आएको थियो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरू गरेको छलफलमा नेताहरूले कांग्रेसले १०० सिटको अडान छोड्न नहुने बताएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १६५ क्षेत्र छन् । गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर उम्मेदवारी दिने सहमति गरिसकेका छन् । तर कुन दलले कति क्षेत्रमा उम्मेदवारी दिने भन्ने टुंगिएको छैन ।

बैठकमा स्थानीय निर्वाचनमा जस्तो गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भने कुनै विवाद देखिएन । यसअघि केन्द्रीय कार्य समितिले नै त्यसबारे निर्णय गरिसकेकाले नेताहरूले गठबन्धन गर्नुको विकल्प नभएकोमै जोड दिएका थिए । कांग्रेसमा शेखर, रामचन्द्र, सिटौला, प्रकाशमान, विमलेन्द्र, गगनलगायत प्रायः सबै गूट गठबन्धनको वैशाखी टेक्न मानसिक रूपमा तयार भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर प्रत्यक्ष्यमा १६५ क्षेत्र छन् । गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर उम्मेदवारी दिने सहमति गरेता पनि कुन दलले कति क्षेत्रमा उम्मेदवारी दिने भन्ने टुंगिएको छैन । यही विषयमा सहमति नहुँदा गठबन्धन नै धरापमा पर्न थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?