आज गणेसोत्सव, विशेष पूजा अर्चनासहित गणेश चतुर्थी मनाइँदै


 

काठमाडौं,  १५  भदौ  (अबप)  :  गणनायक भगवान श्री गणेशको आज विशेष पूजाअर्चना र आराधनासहित गणेश चौथी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका रूपमा सनातन हिन्दु धर्मावलम्बीरुले गणेसोत्सव मनाउने गर्छन् ।

 

काठमाडौं उपत्यकास्थित सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित अन्य प्रसिद्ध गणेशको मन्दिरहरूमा भक्तजनहरूको उपस्थिति बाक्लो रूपमा देखिएको छ । प्रथम पूज्यको अधिकार पाएका श्री गणेशको पूजाविना कुनैपनि पवित्र र धार्मिकको आरम्भ नहुने वैदिक साहित्यमा वर्णित छ ।

शिवपुराणमा उल्लेख भएअनुसार मंगलकर्ता श्री गणेशको चतुर्थी थिथिमा जन्म भएको विश्वास गरिन्छ । तीजमा व्रत बसेका महिलाहरूले पनि श्री गणेशको पूजा गरेपछि व्रत पूर्ण हुने मान्यता रहिआएको छ । यसपाली तिथिको घटबढ भएकाले नेवार समुदायको केही अशंले हिजै चथा पर्वको रूपमा गणेसोत्सव मनाए भने केही अंशले आज साँझ मनाउँदैछन् । नेवार समुदायमा चथाका दिन राम्रोसँग सुखमयपूर्वक समय बितेमा विजया दशमीका दिन पनि आनन्दमयी हुने विश्वास रहिआएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?