गौरा पर्वले आपसी प्रेम, सद्भाव प्रगाढ हुने विश्वास


काठमाडौँ,  १८ भदौ  :  राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा उत्साह र उमङ्गका साथ मनाइने गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गौरालगायतका पर्वले राष्ट्रिय एकता सुदृढ पार्न थप सहयोग पु-याउँदै आएको उल्लेख गर्नुभएको छ। उहाँले सन्देशमा गौरा पर्वको सांस्कृतिक, धार्मिक महìवलाई आगामी दिनमा अझ बढी प्रचारप्रसार गर्दै यसलाई राष्ट्रिय चाडका रूपमा स्थापित गर्न सबैले जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभएको छ। गौरा पर्वले हाम्रो जीवनको सुखदुःखको कथा, इतिहास र परम्परा बोकेकाले तिनको संरक्षण र संवद्र्धन गर्नु राष्ट्रिय दायित्व भएको उहाँको सन्देशमा उल्लेख छ।

 

समतामूलक समाज निर्माण गर्न प्रेरणा 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको अवसरमा सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड भएको उल्लेख गर्नुहुँदै उहाँले गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्‍वास र सद्‍भावलाई प्रगाढ बनाउन मद्दत पु-याउने उल्लेख गर्नुभएको छ।

उहाँले सन्देशमा  विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई बलियो बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ। यस पर्वको अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख, शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको प्रधानमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?