कक्षा १२ को नतिजा सार्वजनिक


काठमाडौं,  १७  भदौ  (अबप) :  कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको जानकारी दिनुभयो ।

प्रमुख अर्यालका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको जानकारी उहाँले दिनुभयो ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?