इन्द्रजात्राको लिंगो हनुमानढोकामा भित्र्याइयो


काठमाडौं,  १९  भदौ  (अबप)  : आगामी भदौ २४ गते इन्द्रजात्राका लागि चाहिने लिंगो काभे्रको नालाबाट काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ ।
साइत जुराएर ल्याउनुपर्ने लिंगोमा इन्द्रजात्रा शुरु हुने दुई दिन अगाडि भदौ २२ गते व्दादशी तिथिमा इन्द्रध्वज पताका राखी मानन्धर गुठीका सदस्यहरूले हनुमानढोकापरिसरमा उभ्याएपछि विधिवत् रूपमा इन्द्रजात्रा प्रारम्भ भएको मानिन्छ ।

आज आइतबार बिहान ७ः२४ बजे काठमाडौंको भोटाहिटी चोकबाट तानेर लिंगो भित्र्याइएको हो । परम्पराअनुसार, लिंगोको सम्मानमा पूजाअर्चनाका साथै सांस्कृतिक बाजागाजासहित गुरुजुको पल्टनले स्वागतसत्कार गरेको थियो । (तस्बिरः फाइल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?