पहिरो खस्दा खुर्कोट–घुर्मी सडक खण्ड अवरुद्ध


सिन्धुली,  २२ भदौ  (रासस)  : पहिरो खस्दा मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी सडक खण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्य पहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ । स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताउनुभयो ।

“बिहानैदेखि पहिरो खसिरहेको छ, झर्ने क्रम रोकिएको छैन”, गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भन्नुभयो । बाटोमा सयौँ यात्रु अलपत्र परेको उहाँले बताउनुभयो ।   (तस्बिरःप्रतीकात्मक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?