ओलीलाई कालो झण्डा देखाउने प्रयास गरेका ११ जना पक्राउ


जनकपुर, २७ भदौ :  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउने प्रयास गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष ओली सोमबार पार्टी प्रवेश तथा सभामा सहभागी हुन जनकपुर आउनुभएको छ । अध्यक्ष ओलीलाई नागरिकता नपाएका युवाले कालो झण्डा देखाउने प्रयास गरेका थिए ।

जनकपुर एयरपोर्टबाट तिरुहुतीया गाछी सभास्थल जाने बेलामा क्याम्पस चोक अगाडि नागरिकताविहीन युवाहरूले कालो झण्डा देखाउने तथा सवारी अवरुद्ध गर्ने प्रयास गरेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले पूर्वप्रधानमन्त्री ओली सवार सवारीसाधन अवरुद्ध गर्ने र कालो झण्डा देखाउन प्रयास गरेको आरोपमा ११ जनालाई पक्राउ गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?