नेवि संघ त्रिभुवन विश्वविद्यालयस्तरीय समिति विघटन


काठमाडौं,  २७  भदौ  (असनबजार पत्रिका)  :  नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय कार्यसमितिले त्रिभुवन विश्वविद्यालयस्तरीय समिति विघटन गरेको छ ।

लगातार विश्वविद्यालयमा तालाबन्दी गरेर बाधा अड्चन गरिरहेका नेविसंघको त्रिवि समिति विघटन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । साथै विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू पनि विघटन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

शेर्पाले तत्कालै केन्द्रीय प्रतिनिधि घटाएर क्याम्पस अधिवेशन गर्ने भन्दै आज उप्रान्त कुनै पनि सांगठनिक गतिविधि नगर्न र नियमविपरीतका क्रियाकलापसमेत नगर्ने निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?