सत्याग्रही डा. केसीप्रति सरकार उदासीन, अवस्था गम्भीर


काठमाडौं,  २  असोज  (असनजार पत्रिका)  :  सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार उनमा कमजोरी, टाउको दुख्ने, रिंगटा, थकान लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, पेट पोलेर दुख्ने, शरीरको मांशपेशी बाउडिने, मुटुको धनकन गति उच्च हुने, रक्तचाप घट्दै समस्या देखिएको छ ।

 

क्लिनिकल रिपोर्टमा सुगर धेरै कम भएको, क्याल्सियम फस्फोरस म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको पाइएको छ। शरीरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने, रोगसँग लड्न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने अस्पतालले जनाएको छ।

 

हाल डा. केसीलाई शुद्ध पानी, नर्मल स्लाइन र रिङगर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सकीय टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ। डा. केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए। चौथो दिन स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ। उक्त अस्पतालका चिकित्सकको नेतृत्वमा उनको स्वास्थ्य परीक्षण गर्न समिति गठन भएको छ। शनिबार डा। केसीको अनशनमा समर्थन जनाउँदै काठमाडौं र धनगढीमा प्रदर्शन गरिएको थियो।

 

डा केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए। चौथो दिन स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ। उक्त अस्पतालका चिकित्सकको नेतृत्वमा उनको स्वास्थ्य परीक्षण गर्न समिति गठन भएको छ। शनिबार डा। केसीको अनशनमा समर्थन जनाउँदै काठमाडौं र धनगढीमा प्रदर्शन गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?