बालेनको एक्सन, वीर अस्पतालका अनधिकृत संरचना ध्वस्त


काठमाडौं,  ६  असोज (असनबजार पत्रिका) : काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपास बसेका अनधिकृत संरचना हटाएको छ । वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीहरुमा बिहीबार दिउँसो महानगरले डोजर चलाएको हो । सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

महानगरपालिकाले भने पसलहरु हटाउन बुधबार २४ घण्टे अल्टिमेटम दिएको थियो । डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पताल अगाडिको सो पुरानो टहरामा डोजर चलाएर औषधि पसलहरू पनि हटाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?