कांग्रेसको शेखर गूट सभापति देउवाविरुद्ध भेला गर्दै


काठमाडौं,  ८ असोज  (अबप)  :  आम निर्वाचनको टिकट वितरणमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । सम्मानजनक रुपमा टिकट वितरणका लागि कोइराला पक्षले सभापति देउवालाई दबाब दिने निर्णय पनि गरेको छ ।

शुक्रबार बसेको सो समूहको अनौपचारिक बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरु लगायत सहभागी थिए । बैठकले देउवालाई दबाव दिनका लागि आज शनिबार दिउँसो १ बजेका लागि खबरदारी भेला गर्ने निर्णय गरेको छ ।

टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्दै देउवामाथि थप दबाब बढाउन भेला गर्न लागिएको नेताहरुले बताएका छन् । भेलामा टिकटका लागि प्रत्यक्ष तथा समानुपातिकमा सिफारिस परेका र आकांक्षीहरु पनि सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?