अन्ततः लोसपा  एमालेसँग चुनावी मितेरी गाँस्दै


काठमाडौं,  ८  असोज  (अबप)  :  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमालेसहित विचार मिल्ने अन्य पार्टीहरूसँग चुनावी तालमेलबारे छलफल गर्न कार्यदल गठन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महत्तोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ ।

कार्यदलमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । कार्यदल गठन गर्दै अध्यक्ष ठाकुरले एमालेसहित अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्ने वातावरणका लागि छलफल गर्ने जिम्मेवारी दिनुभएको हो । लोसपाले यसअघि सत्ता गठबन्धनमा सामेल हुन लामो समयसँग गृहकार्य गरेको थियो । गठबन्धन दलभित्र विवाद भएपछि लोसपा सत्ता गठबन्धनमा सामेल हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?