न्यूरोडमा दिउँसोको समयमा सवारीसाधन निषेध


काठमाडौं,  १०  असोज  (असनबजार पत्रिका)  :  राजधानीको व्यस्त सडक न्यूरोडमा दिउँसोको समयमा सबै किसिमका सवारीसाधनको प्रवेश निषेध गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार (आजदेखि) बढ्दो सवारी चापलाई ध्यानमा राख्दै दिउँसोको समयमा नयाँ सडक क्षेत्रमा अत्यावश्यक बाहेकका मोटरसाइकललगायत अन्य सवारीसाधन प्रवेशमा रोक लगाइएको हो ।

ट्राफिक प्रहरी कार्यालयले असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नभएसम्मका लागि प्रवेश निषेध गरेको जनाएको छ । नयाँ सडकतर्फ जाने सबै किसिमका सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको पनि ट्राफिक कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?