हनुमान ढोका दशैंघरमा फूलपाती हर्ष बढाइँ


काठमाडौं, १६  असोज :  काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ। फूलपातीको अवसरमा हनुमानढोका मूल चोक, कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मखन हुँदै जलेश्वर महादेवमा फूलपातीको पूजा गरेर हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको हो।

गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आइतबार साँझ दशैंघरमा भित्र्याइएको हो।गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?