फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँड्नेमाथि कारबाही गर : ओली


काठमाडौं,  २  कात्तिक (अबप)  : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँड्ने ठगहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

झापाको धुलाबारीमा बुधबार एमाले–राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा उनले रौतहटमा मंगलबार माधव नेपालले फ्रि भिसा र टिकटको लोभ देखाएर युवाहरुलाई भ्रमित गरेकोमा आपत्ति जनाए । बारा ४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले प्रचार कार्यलमा उक्त क्षेत्रका युवाहरुलाई फ्रि भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारबाहीको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?