माल्लिकार्जुन खड्गे भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदमा निर्वाचित


काठमाडौँ,  २ कात्तिक  (अबप) :  भारतीय कांग्रेस पार्टीमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले सात हजार ८९७ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

उहाँ दक्षिण भारतको एक दलित परिवारमा जन्मनुभएका अनुभवी राजनीतिज्ञको रूपमा परिचित हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी शशी थरुरले करिब एक हजार मत प्राप्त गर्नुभयो । निर्वाचनमा ४१६ मत बदर भएको थियो । यसैबीच पराजित हुनुभएका थरुरले एक ट्विट गर्नुहुँदै अध्यक्ष पदमा विजयी हुनु ठूलो उत्तराधिकारी हुनु र महान् सम्मान भएको बताउनुहुँदै आउँदो दिनमा सफलता पाओस् भनेर शुभकामना गर्नुभयो । र, उहाँले कांग्रेस पार्टीका मतदाताहरूले एक हजारभन्दा बढी मत दिएर समर्थन गरेकोमा आभार प्रकट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?