५.९ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस


काठमाडौं, २  कात्तिक  (अबप)  :  काठमाडौं उपत्यकामा बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको बताउनुभयाे । सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो । काठमाडौं उपत्यकासँगै यसको प्रभाव यस आसपासका क्षेत्रमा परेको छ । यो भूकम्प पूर्वी भारत, चीनको तिब्बतलगायत क्षेत्रमा महसूस गरिएको छ । धक्का दुईपटक महसूस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?