इमरानको समर्थनमा महिलाहरु


पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका समर्थकहरूले चुनाव आयोगले आफ्ना नेता खानलाई अयोग्य घोषित गर्ने निर्णयको विरोधमा सडक अवरुद्ध गर्दै नारा लगाएका छन । उनीहरुले , पाकिस्तानको लाहोरमा शुक्रबार पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्रीलाई अयोग्य घोषित गरेपछि आक्रोश ब्यक्त गरेका छन । इमरान खानलाई गैरकानूनी रूपमा राज्य उपहार बेचेको र सम्पत्ति लुकाएको आरोपमा सार्वजनिक पदमा बस्नबाट रोकिएको उनका प्रवक्ताले बताएका थिए । यो कदमले गरिबीको चपेटमा रहेको पाकिस्तानमा लामो राजनीतिक अस्थिरताको जन्म हुने सम्भावना छ। ( एपी फोटो केएम चौधरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?