पुटिनले भने -बिश्वको बिशाल लोकतन्त्र भारतका प्रधानमन्त्री मोदी भारतका देशभक्त नेता


मस्को कातिक ११ (एएनआई) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार मस्कोस्थित थिंक ट्याङ्क, भाल्डाई डिस्कसन क्लबमा आफ्नो वार्षिक सम्बोधन गर्दे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वतन्त्र विदेश नीतिको प्रशंसा गर्दै भने कि बिश्वको बिशाल लोकतन्त्रले आजको धेरै राम्रो काम गरेको छ उनले अगाडि भने भारतमा मोदीको नेतृत्वले सुधारका धेरै राम्रो काम गरेको छ । उनलाई पुटिनले भारतको देशभक्त नेता भनेका छन । पुटिनले दिएको भाषणको रोयटर्स अनुवाद अनुसार उनले रूसी भाषामा यो कुरा बताएका छन । उनले अगाडि भने प्रधानमन्त्री मोदीको नेतृत्वमा धेरै कामहरू भएका छन्। उहाँ आफ्नो देशको देशभक्त नेता हुनुहुन्छ। उहाँको मेक इन इन्डियाु को विचार आर्थिक र नैतिकता दुवैमा महत्त्वपूर्ण छ। भविष्य भारतको हो, यो तथ्यमा हामीले पनि गर्व गर्न सकिन्छ। भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र हो,क्रेमलिनले यो कुरा उल्लेख गरेको भल्दाई डिस्कसन क्लबमा भनिएको रोयटर्स अनुवाद अनुसार बेलायती उपनिवेशबाट आधुनिक राज्यसम्मको अबस्थामा आउदा भएको विकासमा भारतको विकासलाई अतुलनीय रहेको भन्दै रुसी राष्ट्रपतिले करिब १ अर्ब ५० करोड जनताको मेहनत र परिश्रमका कारण निश्चित विकास नतिजाले भारतप्रति सबैको सम्मान र प्रशंसाको बढेको उनले उल्लेख गरेका छन ।भारतले बेलायती उपनिवेशबाट आधुनिक राज्यको रूपमा आफ्नो विकासमा ठूलो प्रगति गरेको छ। लगभग डेढ अर्ब जनसंख्या र मूर्त विकास परिणामहरूले भारतको लागि सबैको सम्मान र प्रशंसाको एउटा कारण हो उनले अगाडि भने ।
उनले भारत र रुसबीचको सम्बन्धलाई थप जोड दिँदै यसलाई विशेष सम्बन्धको रुपमा सबैले बुझनुपर्ने कुरामा जोडदिए ।ूयसलाई धेरै दशकको घनिष्ठ सहयोगी सम्बन्धले बलियो बनाएको छ। हामीले कहिल्यै कुनै कठिन समस्या भोगेका छैनौं र एकअर्कालाई समर्थन गरेका छौं र यो अहिले भइरहेको छ। म पक्का छु कि भविष्यमा पनि हुनेछ, रोयटर्सको अनुवाद अनुसार पुटिनको बयानमा भनिएको छ ।पुटिनले यो पनि जोड दिए कि प्रधानमन्त्री मोदीले उनलाई मलको आपूर्ति बढाउन भनेका छन् जुन भारतीय कृषिका लागि धेरै महत्त्वपूर्ण छ।ूहामीले धेर मात्रा बढाएका छौं। कृषिमा व्यापार लगभग दोब्बर भएको छ, उनले थपे,को रोयटर्सले जनाएको छ ।रुसले फेब्रुअरी २४ मा आक्रमण गरेको आठ महिनाभन्दा बढी समयपछि मस्कोले युक्रेनमा युद्धलाई निरन्तरता दिइरहेको बेला क्रेमलिनसँग सम्बद्ध संस्थानमा पुटिनको सम्बोधन आएको हो।यसैबीच, उनले आफ्नो उच्च प्रोफाइल सम्बोधनमा विश्वव्यापी प्रभुत्वको लागि ूफोहोर खेलू खेलेकोमा पश्चिमको आलोचना पनि गरेका छन । उनले अगाडि भने भने अब ढिलो वा चाँडो बहुध्रुवीय संसारमा शक्तिका नयाँ केन्द्रहरू देखा पर्नेछन र पश्चिमले उनीहरुसग वार्ता गर्न थाल्नुपर्नेछू भन्ने कुरामा विश्वस्त रहेको बताएका छन । हाम्रो साझा भविष्यको बारेमा सबैको एउटै दृष्टिकोण हुनुपर्छ ।यद्यपी उनले अमेरिका र उसका सहयोगीहरु यसबाट सुरक्षित नभएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?