फ्रान्सेली लेखकका अनुसार चीन – पाकिस्तान गठबन्धन एशियाको सुरक्षामा खतरा


जेनेभा कातिक ११ ( एएनआई) फ्रान्सेली लेखक रेने नाबाले आणविक आपतकाल समेत पाकिस्तान र चीनको गठबन्धनले दक्षिण एसिया र विश्वका लागि खडा गरेको खतराको बारेमा आफ्नो नयां पुस्तकमा त्यो कुरा उठाएका छन जुन पुस्तकको हालै उनले विमोचन गरेका छन्।जेनेभा प्रेस क्लबमा यस हप्ता एसियाको आणविकीकरणू सम्बन्धी पुस्तक विमोचन गरिएको थियो, जसमा ३५ व्यक्तिको व्यक्तिगत सहभागिता थियो। भर्चुअल मोड मार्फत तेईस जनाले भाग लिएका थिए । जेनेभा अन्तर्राष्ट्रिय रेडियो प्रतिनिधि, ट्रिब्यून डे जेनेभा र दुई संयुक्त राष्ट्र प्रेस संवाददाताहरू पनि यो कार्यक्रममा सहभागी रहेका थिए।
फ्रान्सेली प्रकाशन लब्ना न्युजका अनुसार रेने नाबा एशियाको बारेमा दुईवटा पुस्तकका लेखक हुन्, जसमा एउटा पाकिस्तानबाट उत्पन्न सुरक्षा खतराबारे चर्चा गरिएको छ।लेखक एएफपीको कूटनीतिक सेवामा अरब मुस्लिम जगतका पूर्व प्रमुख र आतंकवादविरुद्ध लड्न अन्तर्राष्ट्रिय केन्द्रका उपाध्यक्ष रहको जेनेभा प्रेस क्लबले जनाएको छ।यसअघि, उनले ुपाकिस्तान, पोस्ट(वेस्टर्न वर्ल्डको चुनौती सामना गर्दैु (गोलियास २०१९) नामक पुस्तक लेखेका थिए।एसियाको आणविकीकरण सम्बन्धी यो पुस्तक अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानलाई विश्वको सबैभन्दा खतरनाक राष्ट्र मध्ये एक भएको बताएको केही हप्तापछि आएको हो।उनले पाकिस्तानसँग बिना कुनै तालमेल परमाणु हतियार रहेको बताए। बाइडेनले क्यालिफोर्नियाको लस एन्जलसमा आयोजित डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटी रिसेप्शनमा यस्तो टिप्पणी गरेका थिए ।बाइडेनले चीन र भ्लादिमिर पुटिनको रुसको सम्बन्धमा अमेरिकी विदेश नीतिको बारेमा कुरा गरिरहेको बेला पाकिस्तानको बारेमा टिप्पणी गरिएको हो। बाइडेनले पाकिस्तानलाई विश्वको सबैभन्दा खतरनाक देश भएको भन्दै निष्कर्ष निकालेका थिए जसको गम्भीर अर्थ रहेको कुटनीतिक क्षेत्रले मानेको छ । यो तात्कालिक पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफको आत्मघाती निर्णय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?