फेरि पाकिस्तानका पूर्ब प्रधानमन्त्री इमरान खानले भारतको स्वतन्त्र विदेश नीतिको प्रशंसा गरे


इस्लामाबाद कतिक ११( एएनआई) पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार फेरि एकपटक भारतको स्वतन्त्र विदेश नीति र नयाँ दिल्लीले युक्रेन युद्धको बीचमा पश्चिमी दबाबको बाबजुद आफ्नो राष्ट्रिय हित अनुरूप कसरी रूसी तेल खरिद गरेर
आफनो स्वार्थको रक्षा मात्रै होइन भारतीय जनतालाई महगीको मारबात रोकेकोमा प्रशंसा गरेका छन ।इमरान खानले शुक्रबार लाहोरको लिबर्टी चोकबाट इस्लामावादसम्मको हकीकी आजादी लामो मार्चको सुरुवात गर्दा यी टिप्पणीहरू गरेका हुन्। उनले आफ्नो पहिलो भाषणमा, पाकिस्तान तहरीक(ए(इन्साफ (पीटीआई) का अध्यक्षको रुपमा भने कि भारतले आफ्नो इच्छामा रूसबाट तेल आयात गर्न सक्षम छ तर पाकिस्तानीहरू दास हुन् जसले आफ्नो देशका जनताको हितको लागि निर्णय गर्न असफल भएका छन्। यस राष्ट्रको निर्णय राष्ट्र भित्रै हुनुपर्छ। यदि रूसले सस्तो तेल दिइरहेको छ र यदि मसँग मेरो देशवासीहरूलाई बचाउने विकल्प छ भने, हामीलाई कसैले सोध्नु हुँदैन यो हाम्रो निर्णय हो यो हामीले नै गुर्नपर्छ । हामीलाई कसैले आदेश दिन सक्दैन । भारतले तेल लिन सक्छ रुसबाट तर दास पाकिस्तानीहरूलाई त्यो अनुमति छैन। म स्वतन्त्र देश पाकिस्तान हेर्न चाहन्छु र न्यायको विजय हुनुपर्छ र जनतालाई सुरक्षा प्रदान गरिनुपर्छ,” इमरान खानले अगाडि भनेका छन।
२६ वर्षको राजनीतिक सङ्घर्षमा इमरान खानले आफूले सुरु गरेको यो सबैभन्दा महत्त्वपूर्ण यात्रा भएको बताएका छन् । ूमेरो उद्देश्य एउटै हो। हामी अंग्रेजहरूबाट मुक्त भएका थियौं र अब हामीले हक्की आजादी सुरु गर्ने बेला आएको छ। यो सबै पाकिस्तानीहरूलाई मेरो सन्देश हो। यो मार्च राजनीतिको लागि होइन, चुनाव वा धर्मको लागि होइन। त्यहाँ एउटा मात्र हो। म पाकिस्तानलाई स्वतन्त्र देश बनाउन चाहन्छु भन्ने र्‍यालीको उद्देश्य हो । हामी अझै पनि कति अरुको दास भईरहने यो मेरो प्रश्न हो ।
उनले आम पाकिस्तानीले पीडा भोग्नु परेकोमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?