पाकिस्तानमा इमरान खानमाथि गोली प्रहार, खानसहित चार घाइते


इस्लामावाद,  १७  कात्तिक  (असनबजार पत्रिका)  : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि लक्ष्य गर्दै बिहीबार गोली प्रहार गरेको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार तेहरिक–ए–इन्साफ पार्टीले शहवाज शरीफ सरकारविरुद्ध लाहोरदेखि इस्लामावादसम्म विरोध ¥याली निकाल्ने क्रममा ¥याली लाहोरको बाजिरावादमा पुग्दा अचानक गोली चलेको थियो । घटनामा इमरान खानलगायत चारजना घाइते भएको समाचार छ ।

समाचार सूत्रअनुसार कालो कपडा लगाएका परचिय नखुलेका एक व्यक्तिले एके–४७ राइफलले खानलाई लक्ष्यित गर्दै अचानक गोली चलाएको थियो । घाइते खानलाई घटनास्थलबाट लाहोर ल्याउने प्रवन्ध गरिएको छ । समाचारमा बताइएअनुसार खानको खुट्टामा गोली लागेको छ । खान कन्टेनरमाथि चढेका थिए । प्रहरीले गोली चलाउने ती व्यक्तिलाई गिरफ्तार गरेको छ पाकिस्तानी मिडियाले जनाएको छ । गोलीकाण्डपछि घटनास्थलमा भगदौड चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?