युक्रेनी सेना खेरसोन पुनः नियन्त्रणमा लिन अघि बढ्दै


युक्रेन, २५  कात्तिक  :  रुसले आफ्नो सेनालाईपछि हट्न आदेश दिए लगत्तै युक्रेनी सेना दक्षिणी शहर खेरसोन पुनः नियन्त्रणमा लिन अघि बढेको छ । रुसी आदेशको २४ घण्टा बित्न नपाउदै महत्वपूर्ण उपलब्धि हात लागेको युक्रेनी सेनाकाे तर्क छ । ७ किलोमिटर क्षेत्र युक्रेनको हातमा आएको र सेना खेरसोनको बाहिरी काँठमा पुगेको जनाइएकाे छ । रुसले आफ्नो सेनालाई निप्रो नदी तरेर बस्न आदेश दिएको छ । खेरसोन पूरै छाड्न एक साता लाग्ने भएकाे छ ।

युक्रेनले भने रुसको चालबाजी पनि हुनसक्ने भन्दै अघि बढ्न सेनालाई भनेको छ । युक्रेनी सेनाका सेनापति भ्यालेरी जालुज्नीले रुसी सेना फिर्ता भए नभएको निश्चित नभएपनि आफ्नो सेना भने अघि बढिरहेको बताएका छन् । खेरसोन नकिजका क्षेत्रमा स्थानीयले युक्रेनी सेनालाई स्वागत गरेको भिडियोहरु सामाजिक सञ्जालमा आइरहेका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको हातमा गएको खेरसोन एक मात्र क्षेत्रीय राजधानी हो । तर रुसले भने एकलौटी जनमत संग्रहमार्फत खेरसोनलगायत ४ वटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेको थियो । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?