गण्डकीका भौतिक पूर्वाधार विकासमन्त्री खड्का बर्खास्त


पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कानुनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै खड्कालाई बर्खास्त गरेका हुन् । चुनावमा टिकट नपाएपछि नेतृत्वप्रति आक्रोशित बनिरहेका र उम्मेदवारलाई पनि असहयोग गरेपछि उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

केही दिनअघि गण्डकीका खानेपानी मन्त्री हरिशरण आचार्य पनि बर्खास्तमा परेका थिए। गोरखा २ का उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध अभिव्यक्ति दिँदै चुनावमा असहयोग गरेपछि उनी बर्खास्तिमा परेका थिए। खड्काले अहिलेका कानुनमन्त्री थापालाई पन्छाएर कास्की २ (२) बाट उम्मेवार बन्ने तयारी गरेका थिए । तर उनले टिकट पाएका थिएनन् । सो क्षेत्रमा एमालेबाट मीना गुरुग उम्मेदवार छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?